इष्टर्न हाइड्रोको आईपीओमा आजबाट आवेदन दिन सकिने

इष्टर्न हाइड्रोको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाडौं: इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ। कम्पनीले ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्काशनमा ल्याएको हो।

उक्त शेयरमध्ये दुई प्रतिशत कर्मचारीहरूका लागि र पाँच प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरेर बाँकी रहने ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओ भर्ने म्याद कात्तिक १ गतेसम्म रहेको छ। आवेदकले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी बी प्लस (आईएस)' रेटिङ प्रदान गरेको छ। यो भनेको वित्तीय दायित्व वहन गर्नसक्ने सम्बन्धमा उच्च जोखिम रहेको हो।

असोज २८, २०७९ शुक्रबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।