फुटपाथमा सवारी पार्क गर्ने ३३४ जना कारबाहीमा

काठमाडौं: काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ६१७ जना चालकहरूलाई कारबाही गरेको छ। हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई कारबाही गरिएको हो।
जसमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना रहेका छन्। यस्तै अवस्था ठीक नभएका सवारी साधन चलाउने १२३ जना, ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना, सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो वत्तीको उल्लघन गर्ने ६७ जना चालकहरू पनि कारबाहीमा परेका छन्।
एकतर्फी सडकमा सोविपरीत चलाउने ५८ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकहरू पनि कारबाहीमा परेका छन्।
असोज २८, २०७९ शुक्रबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।