विराटनगरको फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाखको क्षति

काठमाडौं: विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ। विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी हुँदा करिब ४५ लाख बराबरको क्षति भएको छ।
आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हो।
दमकलको सहयोगमा आगो निभाइएको थियो। आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीय परिचालन गरिएको थियो। आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो।
उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताए। विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताए।
असोज २८, २०७९ शुक्रबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।