नेपालको मौसममा भारत उत्तर प्रदेश आसपासको प्रणालीको प्रभाव, वर्षाको सम्भावना

नेपालको मौसममा भारत उत्तर प्रदेश आसपासको प्रणालीको प्रभाव, वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको हो।

यतिबेला प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २८, २०७९ शुक्रबार ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।