नवौं राष्ट्रिय खेलकुद : फेन्सिङको महिला टिम इभेण्टमा एपीएफलाई स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको खेलमा फेन्सिङको महिला टिम फोयलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वर्ण पदक जितेको छ।
बिहीबार पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको भएको खेलमा एपिएफले बागमतीलाई ४५–३६ अंकले पछि पार्दै स्वर्ण पदक जितेको हो। फेन्सिङमा एपीएफको यो दोस्रो स्वर्ण पदक हो।
फाइनल प्रतिस्पर्धामा बागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदकमा चित्त बुझाएको छ।
असोज २७, २०७९ बिहीबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।