महिला क्रिकेटमा एपीएफ र मधेश प्रदेश विजयी

पोखरा : नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र मधेश प्रदेश विजयी भएका छन्।
बिहीबारको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दा र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्यो।
पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको झिनो लक्ष्य एपीएफले १ सय ६ बल बाँकी छँदै पूरा गर्यो।
दोस्रो खेलमा मधेश प्रदेशले दिएको ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।
उसका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिए।
मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान दुई–दुई विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनायो।
प्लेयर अफ दि म्याच भएकी सना प्रविनले मधेश प्रदेशका लागि ३५ रनको योगदान दिँदा गोमा आलेले १० रन बनाइन्।
असोज २७, २०७९ बिहीबार २१:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।