महिला भलिबलमा गण्डकीको विजयी सुरुवात

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ।
बिहीबार गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५–२२ को जित निकालेको हो।
गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गर्दा सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी छन्।
महिला भलिबलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छ। शुक्रबार महिला भलिबल अन्तरगत तीन खेल हुदै छन्।
असोज २७, २०७९ बिहीबार २०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।