जसपाका चार मन्त्री बर्खास्त, सबै मन्त्रालय देउवाले सम्हाल्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चारैजना मन्त्रीलाई बर्खास्त गरेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त भएका हुन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीलाई पदमुक्त गरेकी हुन्। अब चौ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन्।
सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले चार मन्त्रीलाई हटाएका हुन्।
यसैबीच, राष्ट्रपति भण्डारीले रिक्त कानुन मन्त्रालयको जिम्मेवारी संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेकी छन्।
असोज २७, २०७९ बिहीबार १८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।