रुपन्देही २ का उम्मेदवार गुरुङकाे रिट सर्वोच्चमा दर्ता, शुक्रबार पेशी

बुटवल : रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता राजु गुरुङले उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
निर्वाचन अधिकृतको कार्यालयले अनाधिकृत रूपमा आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै सवोच्च पुगेका गुरुङको रिट निवेदन बिहीबार साँझ दर्ता भएको गुरुङले जानकारी दिए।
उजुरी नपरेकै अवस्थामा निर्वाचन अधिकृत उदवीर नेपालीले उम्मेदवारी खारेज गरेको भन्दै गुरुङ निवर्तमान कानुन मन्त्री गोविन्द बन्दी र वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमण श्रेष्ठसहित सर्वोच्च पुगेका थिए।
अदालतले रिटको सुनुवाइका लागि शुक्रबार पेशी तोकेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
गुरुङको कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृत नेपालीले उनको उम्मेदवारी खारेज गरेका थिए।
असोज २७, २०७९ बिहीबार १८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।