एकै दिन ७३ हजारलाई कोरोनाविरुद्धको खोप

एकै दिन ७३ हजारलाई कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपालमा एकै दिन ७३ हजार ८८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअुनसार पछिल्लो २४ घण्टामा ७३ हजार ८८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

यस अवधिमा १ हजार ७८६ जनाको परीक्षणमा २१ जनालाई संक्रमण भएको छ भने २१ जना संक्रमणमुक्त भएका छन्।
देशभर ६२२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

असोज २७, २०७९ बिहीबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।