कार्यालय प्रमुखहरूलाई आयोगको निर्देशन– ‘आचारसंहिता मिच्नेलाई जोगाए तपाईंलाई कारबाही हुन्छ’

काठमाडौं : निर्वाचन आयोगले आचारसंहिता विपरीत कार्य गर्ने माहतका कर्मचारीलाई कारबाही नगर्ने कार्यालय प्रमुखलाई काराबाही गर्ने चेतावनी दिएको छ।
आयोगले बिहीबार एक सूचना निकालेर निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई प्रचलित कानूनबमोजिम तत्काल विभागीय कारबाही प्रारम्भ गर्न निर्देशन दिइएको जनाएको छ।
यस्तै, उसले निर्देशनबमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखहरूलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगको सचिवालयले कारबाही गर्ने स्पष्ट पारेको छ।
असोज २७, २०७९ बिहीबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।