नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरूवात

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एनआरएनएको विजयी सुरूवात

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी सुरुवात गरेको छ।

बिहीबार पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

एनआरएनएको जितमा विमल घर्तीमगर खेलको आठौं मिनेटमा गोल गर्दा सञ्जोग राईले ५५औं मिनेटमा गोल गरे। 

असोज २७, २०७९ बिहीबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।