कुकुर लिएर पटाका खोज्दै प्रहरी

कुकुर लिएर पटाका खोज्दै प्रहरी

काठमाडौं : बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सिन्धुलीको भिमान र चन्दनपुरमा प्रहरी चेकिङलाई तीव्रता दिएके छ।

दीपावली तथा छठ पर्वलाई लक्षित गरी पटका लगायतका विष्फोटक जन्य पदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने उद्देश्यले चेकिङलाई तीव्रता दिइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए।

बागमती प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित खटिएको प्रहरी टोलीले विष्फोटक पदार्थ, लागु औषध ओसारपसार र सम्भावित अवाञ्छित क्रियाकलाप गरी भाग्न सक्ने शंकित व्यक्तिको जाँच गरेको थियो।

बागमती प्रदेश प्रहरी कार्यालयले विभिन्न राजमार्ग रहेका नाकाहरूमा कुकुरसहितको प्रहरी चेकिङ गर्दै आएको छ।

असोज २७, २०७९ बिहीबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।