संस्थापक शेयरधनीलाई शतप्रतिशत शयेर पुँजी थप गर्ने आईएमई लाइफ इन्स्योरेन्सको निर्णय

संस्थापक शेयरधनीलाई शतप्रतिशत शयेर पुँजी थप गर्ने आईएमई लाइफ इन्स्योरेन्सको निर्णय

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीलाई शतप्रतिशत शेयर पूँजी थप गर्ने निर्णय गरेको छ।

कम्पनीको बुधबार बसेको पाँचौं वार्षिक साधारण सभाले उक्त निर्णय सर्वसम्मतिले पारित गरेको हो। यस्तै सभाले कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरू पनि पारित गरेको छ।

शेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निश्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरू स्थापना गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भए सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने निर्णय पनि सभाले पारित गरेको कम्पनीले जनाएको छ।

असोज २७, २०७९ बिहीबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।