बागी फकाउँदै कांग्रेस, उम्मेदवारी निष्क्रिय गरे कारबाही फुकुवा गर्ने

बागी फकाउँदै कांग्रेस, उम्मेदवारी निष्क्रिय गरे कारबाही फुकुवा गर्ने

काठमाडौं : नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई फकाउन थालेको छ।

बिहीबार एक विज्ञप्ति निकालेर कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विद्रोही उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिइएको छ।

विज्ञप्तिमा गठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण सक्रिय रहने प्रतिबद्धतासहित असोज ३१ गतेभित्र सार्वजनिक वक्तव्य प्रकाशित गरेर उम्मेदवारी निष्क्रिय गरे पार्टीले गरेको कारबाही फुकुवा गर्ने उल्लेख छ।

उम्मेदवारी फिर्ता नगरेकाहरूसहित समर्थक र प्रस्तावकलाई कांग्रेसले यसअघि नै ५ वर्षको लागि निष्कासन गर्ने निर्णय गरिसकेको छ।

असोज २७, २०७९ बिहीबार १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।