महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित, गण्डकी २७ रनमै अलआउट

महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित, गण्डकी २७ रनमै अलआउट

पोखरा : नवौं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ क्लब विजयी भएको छ।

बिहीबार पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको झिनो लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै पूरा गर्यो।

एपीएफकी सीता रानामगर १२ र इन्दु बर्माले ९ रन जोडिन्।

गण्डकीकी सृष्टि जैसीले एक विकेट लिइन्।

पहिला ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनायो। उसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ प्लेयर अफ द म्यान इन्दु बर्माले दुई तथा सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले एक–एक विकेट लिए।

लगातार दोस्रो जितसँगै एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ।

असोज २७, २०७९ बिहीबार १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।