शेयर बजारमा सामान्य सुधार, अभियान लघुवित्तमा सकारात्मक सर्किट

शेयर बजारमा सामान्य सुधार, अभियान लघुवित्तमा सकारात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा सामान्य सुधार आएको छ।

बिहीबार नेप्से परिसूचक ४ अंकले बढेर १८७० विन्दुमा पुग्दा क वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक ०.९५ अंकले बढेर ३६७ विन्दुमा चढेको छ।

चार घण्टामा २२ कम्पनीका २६ लाख ९८ हजार ३४७ कित्ता शेयर किनबेच हुँदा ८२ करोड ९६ लाख ४६ हजार ९२० रूपैयाँको कारोबार भएको छ।

उपसूचक १३ समूहमध्ये जलविद्युत् समूह घट्दा अरु सबै समूहमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढि १.५३ र विकास बैंक १ प्रतिशतले बढ्नुबाहेक अन्य समूह खासै उकालो लागेका छैनन्।

यसदिन अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लाग्दा सबैभन्दा बढि कारोबार नबिल बैंकको भएको छ।

असोज २७, २०७९ बिहीबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।