१५ पृष्ठ लामाे धारणा सार्वजनिक गर्दै भीम रावलले भने- 'तत्काल पार्टी छाड्दिन'

१५ पृष्ठ लामाे धारणा सार्वजनिक गर्दै भीम रावलले भने- 'तत्काल पार्टी छाड्दिन'

काठमाडौं : एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्।

पार्टी नेतृत्त्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने भन्दै उनले तत्काल पार्टी नछाड्ने बताएका हुन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अछाम–१ मा आफूलाई प्रतिनिधि सभा सदस्यका लागि टिकट नदिइएको विषयमा १५ पृष्ठ लामाे धारणा सार्वजनिक गरेका हुन्।

पार्टीले सुनियोजित रूपमा आफूलाई उम्मेदवार बन्न नदिएको आरोप लगाउँदै आफूलाई टिकट नदिएको कुरा जनता र कार्यकर्तालाई मन नपरेको उनले बताए।

रावल अछाम–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रबाट प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएका थिए।

असोज २७, २०७९ बिहीबार १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।