क्लब प्लाटिनमका दुई बाउन्सरमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

काठमाडौं : काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई बाउन्सरमाथि खुकुरी प्रहार गरेकाे आराेपमा दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
बाउन्सरहरू निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेका २ जना प्रतिवादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
पक्राउ पर्नेहरूमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ रहेका छन्।
उक्त चोक नजिक मोटरसाइकलमा आएका ७/८ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ।
उनीहरूलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ।
असोज २७, २०७९ बिहीबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।