सत्यमोहन जोशीको अक्सिजन लेभल घट्यो, निमोनिया संक्रमण

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अक्सिजन स्याचुरेसन तह कम भएको छ।
२० दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत अक्सिजन स्याचुरेसन लेभलमा कमी आएकाले सघन उपचार कक्षमा सारिएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।
जोशीको अक्सिजन लेभल ९४ प्रतिशत रहेको छ।
जोशीलाई निमोनिया संक्रमणका साथै मुटुको चालसम्बन्धी समस्याका लागि दिइएको एनिटबायोटिक्स् दिइरहनुपर्ने पनि बज्राचार्यले बताए। उनको अहिले अस्पतालको मल्टिडिसिप्लिनरी केयरमा राखेर उपचार भइरहेको छ।
असोज २७, २०७९ बिहीबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।