मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

काठमाडौं: छुट्टाछुट्टै घटनामा मकवानपुरमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाको भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले चिलेर गम्भीर घाइते बनाएकामा उपचारका क्रममा आज बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो।

यस्तै भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ। स्थानीय ३२ वर्षीया समिता रानामगरको बुधबार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

मृतक रानामगरको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ।

असोज २७, २०७९ बिहीबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।