सुनको मूल्यमा भएन घटबढ, चाँदी तोलामा १० रुपैयाँले घट्यो

सुनको मूल्यमा भएन घटबढ, चाँदी तोलामा १० रुपैयाँले घट्यो

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य स्थिर भएको छ। चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ।

आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य भने तोलामा ९३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य तोलामा एक हजार १९० रुपैयाँ कायम भएको छ।

असोज २७, २०७९ बिहीबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।