सडकमा रोकेको टिपरपछाडि मोटरसाइकल ठोकियो, चालक गम्भीर घाइते

सडकमा रोकेको टिपरपछाडि मोटरसाइकल ठोकियो, चालक गम्भीर घाइते

काठमाडौं: ललितपुर महानगरपालिका- १५ खुमलटार धापाखेलस्थित सडकछेउमा रोकी राखेको टिपरको पछाडि हिजो साँझ मोटरसाइकल ठोकिएको छ। दुर्घटनामा परी चालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक लुम्बिनी घर भएका अन्दाजी २२ वर्षीय निरज लामगडे रहेका छन्। उनको ग्वार्कोस्थित बी.एण्ड.बी अस्पतालमा उपचार भइरहेको छ।

लामगडेले चलाएको बा२७प ४४९० नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ८ बजे बा३ख ५१०२ नम्बरको टिपरको पछाडि ठोकिएको थियो।

असोज २७, २०७९ बिहीबार १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।