आयोजना प्रभावित स्थानीयका लागि बाराही हाइड्रोको आईपीओ आउँदै

आयोजना प्रभावित स्थानीयका लागि बाराही हाइड्रोको आईपीओ आउँदै

काठमाडौं: बाराही हाइड्रोपावर लिमिटेडले आउँदो कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले दुई लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। आवेदकले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन्।

आवेदन दिने म्याद कात्तिक १८ गतेसम्म रहनेछ।

बाग्लुङको जैमिनी नगरपालिकाका स्थानीयहरूले शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्यूअर रेटिङ्ग बी माइनस' रेटिङ प्रदान गरेको छ। यो भनेको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड हो। 

असोज २७, २०७९ बिहीबार ०९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।