रुस-युक्रेन युद्ध: राष्ट्रसङ्घले पारित गर्‍यो खेद प्रस्ताव, नेपालले पनि गर्‍यो पक्षमा मतदान

रुस-युक्रेन युद्ध: राष्ट्रसङ्घले पारित गर्‍यो खेद प्रस्ताव, नेपालले पनि गर्‍यो पक्षमा मतदान

काठमाडौं: संयुक्त राष्ट्रसङ्घको साधारण सभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्। नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ।

बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन्। यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए।

उक्त प्रस्तावमा भनिएको छ– ‘रुसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रूपमा गरिएको जनमतसङ्ग्रहको निन्दा गर्दछौँ। साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन।’

उक्त प्रस्तावको रुसले तुरुन्त र बिनाशर्त निर्णय फिर्ता लिन समेत माग गरिएको छ।

असोज २७, २०७९ बिहीबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।