रुपन्देही- २ मा १५ जनाको उम्मेदवारी, गठबन्धनको उम्मेदवार नहुँदा विष्णु पौडेललाई 'चिठ्ठा'

बुटवल: रुपन्देहीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का आधिकारिक उम्मेदवारहरूको टुङ्गो लागेको छ। निर्वाचन आयोगले उम्मेदवार हुन मनोनयन पत्र दाखिला गरेका व्यक्तिहरुमध्ये १५ जनाको अन्तिम नामावली सार्वजनिक गरेको हो।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा सत्ता गठबन्धन दलका उम्मेदवार भने छैनन्। उम्मेदवारहरूमध्ये एमालेका विष्णु पौडेल यस क्षेत्रका निवर्तमान सांसद तथा सबैभन्दा चर्चित अनुहार हुन्।
गठबन्धनले एकीकृत समाजवादीका राजु गुरुङलाई यस क्षेत्रमा उम्मेदवार बनाएको थियो। तर बैंकिङ कसूरमा कालोसूचीमा परेका उनको उम्मेदवारी खारेज भएको थियो।
सत्ता गठबन्धनकै साझा उम्मेदवार भएकाले गुरुङ यसपटक पौडेलका लागि ठूलो चुनौती हुने अनुमान गरिएको थियो। तर, आयोगको अन्तिम नामावलीमा गठबन्धनको कुनै साझा उम्मेदवार नभएकाले पौडेललाई 'चिठ्ठा' परे जस्तै भएको छ।
असोज २६, २०७९ बुधबार २२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।