नेपाल–ईटाली उद्योग वाणिज्य संघले नेपाल र ईटालीबीच व्यापार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

नेपाल–ईटाली उद्योग वाणिज्य संघले नेपाल र ईटालीबीच व्यापार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

काठमाडौं: नेपाल–ईटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालको नेतृत्त्वमा चलेको बैठकमा नेपाल, भारतका लागि ईटालीका राजदूत भिन्सेन्जो डे लुका, ईटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, ईटालीको लागि दिल्लीका महावाणिज्य दूत र ईटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो।

एनआईसीसीआईका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए। साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू पनि बैठकमा उपस्थित थिए।

इटालियन राजदूत लुकाले ईटालियन दूतावासले ईटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको बताए। उनले भने, "हामीले ईटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि ईटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएका छौँ।”

उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरू ईटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए।

यस्तै कार्यक्रममा एनआईसीसीआईका उपाध्यक्ष अग्रवालले एनआईसीसीआईले २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड इन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको बताए।

जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरूबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिईएको बताइएको छ।

एनआईसीसीआईले आगामी मार्च २०२३ मा ईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न पभेलियन राख्ने योजना बनाएको छ।

असोज २६, २०७९ बुधबार १९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।