आईटीएफ बागमती प्रदेशका खेलाडीको बिदाई कार्यक्रम सम्पन्न

आईटीएफ बागमती प्रदेशका खेलाडीको बिदाई कार्यक्रम सम्पन्न

काठमाडौं: बाग्लुङमा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि बागमती प्रदेश, नेपाल आईटीएफका २५ जना खेलाडी त्यता गएका छन्। आज एक बिदाई कार्यक्रम आयोजना गरेर खेलाडीहरूको बिदाई गरिएको थियो।

बागमती प्रदेश, नेपाल आईटीएफकी उपाध्यक्ष तथा गिरिजाप्रसाद कोइराला फाउण्डेशन, खेलकुद विभाग, बागमती प्रदेशकी संयोजक तुलसी थापा मगरले समारोह आयोजना गर्दै खेलाडीहरूलाई शुभकामना समेत दिएकी थिइन्।

असोज २६, २०७९ बुधबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।