बाराको प्रसौनीमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौं: बाराको प्रसौनी गाउँपालिका-५ मा एकै परिवारका तीन जना मृत फेला परेका छन्। गाउँभन्दा उत्तरतर्फको ढोरा खोला किनारमा एकै परिवारका तीन जना मृत फेला परेका हुन्।
मृतकमा स्थानीय दिपेन्द्र चौधरीकी श्रीमती २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र छोरा १६ महिने राजवीर चौधरी रहेका छन्।
मृत्युको कारण खुलिसकेको छैन। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।
असोज २६, २०७९ बुधबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।