झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

साङ्केतिक तस्बिर
झापा: कन्काई नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान साढे ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२५प ४६५१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी-४ का ५३ वर्षीय नागेन्द्रप्रसाद कोइरालाको उपचारको क्रममा विर्तासिटी अस्पताल विर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
असोज २६, २०७९ बुधबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।