धनकुटाबाट ५/५ किलो गाँजासहित एक महिला र एक पुरुष पक्राउ

धनकुटा: नियन्त्रित लागूऔषध गाँजासहित धनकुटा नगरपालिका-९ चिम्सुवाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान साढे १० बजे शहीदभूमि गाउँपालिका-३ की ४९ वर्षीया विष्णुकुमारी राई र ४३ वर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी गाँजासहित पक्राउ गरेको हो।
उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
असोज २६, २०७९ बुधबार १५:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।