नवलपुरमा ग्यास बुलेट दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपुरमा ग्यास बुलेट दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन्।

गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौंका लागि छुटेको एनएलओएल–२४६० नंको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसार उक्त दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो।

पल्टिएको बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो। यस्तै चालक सोही ठाउँ निवासी ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन्। उनको दुम्किबासमा उपचार भइरहेको छ।

असोज २६, २०७९ बुधबार १४:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।