बुधबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं : साताको चौथो दिन सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।
मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रूपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, महासंघका अुनसार बुधबार चाँदीको मूल्य बुधबार १५ रूपैयाँले घटेर १ हजार २ सय रूपैयाँ कायम भएको छ।
असोज २६, २०७९ बुधबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।