लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जनाद्वारा एमाले परित्याग (सूचीसहित)

बुटवल : वामपन्थी नेता घनश्याम भुसालनिकट एमाले लुम्बिनी प्रदेश कमिटीका २ जना सदस्यसहित ३१ जनाले पार्टी परित्यागको घोषणा गरेका छन्।
भुसाललाई समर्थन गर्दै उनीहरूले पार्टी परित्यागको घोषणा गरेका हुन्। रुपन्देही १ अन्तरगतका रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको नेतृत्त्वमा ३१ जनाले एमाले परित्याग गरेका हुन्।
राजीनामा दिनेमा पार्टीका प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार राय लगायत छन्।
पार्टीमा नीतिभन्दा व्यक्ति हावी भएको र स्थानीय तह निर्वाचनमा विपक्षीलाई सहयोगको आरोप लगाउँदै उनीहरूले पार्टी त्यागेका हुन्।
असोज २६, २०७९ बुधबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।