लेनदेनको विषयमा विवादपछि चक्कु प्रहार गरेर हत्या, एक पुरुष पक्राउ

धनुषा : जिल्लामा लेनदेनको विषयमा विवादपछि हत्या भएको छ।
सहिदनगर नगरपालिका–१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनीलाई बुधबार विहान प्रहरीले पक्राउ गरेको हो।
उनीहरूबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झै–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका अजोधीको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट खरियानीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
असोज २६, २०७९ बुधबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।