‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीसँग पैसा उठाएको आरोपमा युवक पक्राउ

मोरङ : ‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे रहेका छन्। उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरूलाई ‘प्रहरीको हाकिम हुँ’ भन्दै रकम माग गरेको ईलाका प्रहरी कार्यालय, रानीले जनाएको छ।
घिमिरेमाथि जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ।
असोज २६, २०७९ बुधबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।