बुधबारको मौसम : यी तीन प्रदेशका थाेरै स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने

बुधबारको मौसम : यी तीन प्रदेशका थाेरै स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने

काठमाडौं : हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले प्रदेश १ का केही, मधेश प्रदेशका थोरै र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

असोज २६, २०७९ बुधबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।