निर्वाचन कार्यक्रम : आजै उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

निर्वाचन कार्यक्रम : आजै उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको छ।

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले बुधबार १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन सक्नेछन्।

आयोगले आजै उमेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह पनि प्रदान गर्दैछ।

उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरूको अन्तिम नामावली आयोगले दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गर्ने र दिउँसो ४ देखि साँझ ७ बजेसम्म चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ।

यसपटक प्रतिनिधि सभातर्फ २ हजार ५३१ जना र प्रदेश सभातर्फ ३ हजार ४८१ जनाको उमेदवारी परेको विवरण आयोगले जनाएको छ।

असोज २६, २०७९ बुधबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।