दक्षिण अफ्रिकाविरुद्धकाे एकदिवसीय सिरिजकाे उपाधि भारतलाई

एजेन्सी : पाहुना टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै तीन खेलको एकदिवसीय सिरिजको उपाधि भारतले जितेको छ।
दिल्लीमा भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै भारतले २–१ ले सिरिज जितेको हो।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय रनको लक्ष्य भारतले मात्र १९.१ ओभरमा पूरा गर्यो। भारतले तीन विकेट गुमाएर १०३ रन बनाउँदै ७ विकेटले खेल जित्यो।
उसका लागि शुभमन गिलले ४९, शिखर धवनले ८, इशान किशनले १० रन बनाए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको अफ्रिकी टोली ९९ रनमै अलआउट भयो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन, यानेमन मलानले १५ रन र मार्को जान्सनले १४ रन बनाए।
भारतका कुलदीप यादवले चार, मोहम्मद सिराज, शाहबाज अहमद र वासिङ्टन सुन्दरले समान २–२ विकेट लिए।
असोज २५, २०७९ मंगलबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।