रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

काठमाडौं : टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृत नगेन्द्र लम्सालले जानकारी दिए।

चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र २०७४ फागुन १४ गतेदेखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको हो।

यस्तै, सोही घटनामा दोषी ठहर भएका लक्ष्मण थारुको पनि उम्मेदवारी खारेज भएको छ। उनले पनि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–५ मा उम्मेदवारी दर्ता गरेका थिए।

असोज २५, २०७९ मंगलबार २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।