नवौं राष्ट्रिय खेलकुद : फेन्सिङमा दोस्रो दिन तीन जनालाई स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दोस्रो दिन फेन्सिङमा तीन जनाले स्वर्ण जितेका छन्।
एकल सेवर तर्फ एपीएफका राजेन्द्र गजुरेल, इपीमा बागमती प्रदेशका ओमकार सिंह र महिला तर्फको फोयलमा आर्मीकी रमा सिंहले स्वर्ण जितेका हुन्।
गजुरेलले एपीएफका लागि पहिलो स्वर्ण जितेका हुन्। उनले यसअघि सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत र ८ आर्मी टिममा दुईमा रजत पदक जितेका थिए।
सेवरमा नेपाल आर्मीका उपेन्द्र बहादुर शाहीले रजत पदक जितेका छन्। त्यसैगरी आर्मीकै रघुविर चन्द्र र एपिएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाएका छन्।
महिला तर्फको फोयलमा स्वर्ण पदक विजेता सिंहले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौंमा रजत पदक जितेकी थिइन्। एपीएफकी मनिषा राईले रजत पदक, एपीएफकै मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे।
पुरुष तर्फका इपीमा स्वर्ण जित्ने सिंहले आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेका थिए। आर्मीका राम थापाले रजत जित्दा गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मिन कार्कीले कास्य पदक जित्न सफल भए।
फेन्सिङको अंक तालिकाअनुसार आर्मी शिर्ष स्थनमा छ। आर्मीले दुई स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक प्राप्त गरेको छ। त्यसै गरी बागमती प्रदेश २ स्वर्ण, १ सय र १ कास्य सहित ४ पदक प्राप्त गरेको छ।
असोज २५, २०७९ मंगलबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।