गोठालो गएका वृद्धलाई खोलाले बगायो, १० किलोमिटर तल भेटियो शव

गोठालो गएका वृद्धलाई खोलाले बगायो, १० किलोमिटर तल भेटियो शव

बुटवल : अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका–३ का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मंगलबार दिउँसो गोरु चराउनका लागि खोला तर्ने क्रममा उनलाई बगाएको हो।

मंगलबार दिउँसो करिब १२ बजेतिर खोलाले बगाएर बेपत्ता भएका उनको १० किलोमिटर तल धोबिघाटमा शव भेटिएको थियो।

घर्तीको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ।

असोज २५, २०७९ मंगलबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।