बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक/समर्थकसमेत स्वत: निष्कासित हुने कांग्रेसको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई मंगलबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सोमबा साँझ विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएका छन्।
असोज २५, २०७९ मंगलबार २०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।