सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ।
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचाररत जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ’, विज्ञप्तिमा भनिएको छ।
जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण नियन्त्रणका लागि एन्टिवायोटिक्स् कोर्स जारी राखिएको छ।
स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उनको अस्पतालमा राखेर उपचार गरिएको छ। उनको अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।
असोज २५, २०७९ मंगलबार १८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।