बालकोटस्थित आफ्नै कोठामा ११ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भक्तपुर : ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१३ घर भएका ३५ वर्षीय रामबहादुर सुनार रहेका छन्। उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित बालिकाकै कोठामा सुनारले ती बालिकालाई बलात्कार गरेको प्रहरी वृत्त ठिमीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असोज २५, २०७९ मंगलबार १७:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।