भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन, अटेर गरे निष्कासन

काठमाडौं : सत्ता गठबन्धनले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने आफ्नो नेता तथा कार्यकर्तालाई भोलि दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै गठबन्धनविरुद्ध उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो। फिता नगर्नेहरूलाई सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने चेतावनीसमेत गठबन्धनले दिएको छ।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका अध्यक्षको हस्ताक्षर छ।
असोज २५, २०७९ मंगलबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।