सर्वोच्चले उल्ट्यो सरकारको निर्णय, वायुसेवा निगममा अधिकारीलाई नै निरन्तरता दिन अन्तरिम आदेश

सर्वोच्चले उल्ट्यो सरकारको निर्णय, वायुसेवा निगममा अधिकारीलाई नै निरन्तरता दिन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिँदै सरकारको निर्णय उल्टयाएको छ।

न्यायाधीश डा. आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अधिकारीलाई निगमको अध्यक्षमा रहनेगरी भएको न्यायाधीश तिलप्रसाद श्रेष्ठको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो।

सरकारले गएको असार ६ गते अधिकारीलाई निलम्बन गरेको थियो। निलम्बनविरुद्ध असार १३ गते उनी सर्वोच्च पुगेका थिए।

रिटको प्रारम्भिक सुनुवाइबाट सर्वोच्चले उनलाई अध्यक्षको रूपमा काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

मंगलबार दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पेसी तोकिएकोमा बहसपछि एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश भएको हो।

असोज २५, २०७९ मंगलबार १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।