मंगलबार पनि नेप्सेमा दाेहाेराे अंककाे गिरावट

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।
उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंकले झरेर १८ सय ५५ मा आएर थामियो। दशैंपछि खुलेको बजारमा आइतबार ४७ अंकको वृद्धि आएकोमा हिजोदेखि पुनः ओरालो लागेको हो।
यस दिन कारोबार थप खुम्चिएर ५५ करोडमा सीमित रह्यो। हिजो नेप्से २७ अंकले घटेपनि कारोबार अर्ब हाराहारी पुगेको थियो।
यस दिन व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे।
जीवन बीमा समूह सबैभन्दा उच्च १ सय २३ अंकले झर्दा बाँकी अधिकांश समूह दोहोरो अंकले घटेका हुन्।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको १७ लाख ६७ हजार कित्ता शेयर जम्मा ५५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ।
असोज २५, २०७९ मंगलबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।