हतियार बुझाउन कास्की प्रशासनको आग्रह

हतियार बुझाउन कास्की प्रशासनको आग्रह

पोखरा : निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय, कास्कीले इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ। 

प्रशासन कार्यलयले आगामी मंसिर ४ गत सम्पन्न हुन गइरहेको निर्वाचनमा असर पार्न सक्ने उल्लेख गर्दै कार्तिक ७ गतेसम्म जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो।

मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई भयरहित, निष्पक्ष, विश्वसनीय तरिकाले शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनले अनुरोध गरेको हो।

बुझाइएका हतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए।

अटेर गरी हतियार नबुझाए त्यस्ता व्यक्तिको हतियार खोजतलास गरी कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रशासनको चेतावनी छ।

असोज २५, २०७९ मंगलबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।