कीर्तिपुरको ट्याङ्लाफाँटमा २९ लाखको चोरी

कीर्तिपुरको ट्याङ्लाफाँटमा २९ लाखको चोरी
सांकेतिक तस्बिर

काठमाडौं : कीर्तिपुरको ट्याङ्लाफाँटमा २९ लाखको चोरी भएको छ।

किर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ४७ वर्षीय गोपाल अधिकारी घरबाट सुनका विभिन्न गरगहना र नगद गरी करिब २९ लाख १५ हजार ३ सय रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको हो।

चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

असोज २५, २०७९ मंगलबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।